Monday 3rd of August | २०८३ श्रावण १८ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्रको विकल्प छैन : पूर्वमन्त्री शंकर भण्डारी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १८ सोमबार |
newsabhiyan

दमौली, साउन १७ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री शंकर भण्डारीले मुलुकको स्थायित्व र राष्ट्रिय पहिचानका लागि संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्रको विकल्प नरहेको बताएका छन्।

स्टार टेलिभिजनको संवाद कार्यक्रममा बोल्दै भण्डारीले नेपाललाई वर्तमान राजनीतिक संकटबाट बाहिर निकाल्ने प्रभावकारी विकल्प संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्रको पुनःस्थापना भएको दाबी गरे। 

उनले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदानको सम्मान गर्नुपर्ने उल्लेख गर्दै उहाँको भूमिकालाई कसैले पनि अवमूल्यन गर्न नहुने बताए।

भण्डारीले प्रधानमन्त्री बालेन शाहले पछिल्लो समय राजतन्त्र र हिन्दू राष्ट्रका विषयमा दिएको अभिव्यक्तिको पनि चर्चा गर्दै प्रधानमन्त्री राजतन्त्र र हिन्दू राष्ट्र स्थापनाको अभियानमा रहेको भन्ने भ्रम फैलाइएको भए पनि पछिल्ला अभिव्यक्तिले त्यसबारे स्पष्टता आएको टिप्पणी गरे।

उनले राष्ट्रिय हितभन्दा बाह्य शक्तिको प्रभावमा चल्नु उचित नहुने धारणा पनि राखे।

भण्डारीको यो अभिव्यक्ति सार्वजनिक भएपछि संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्रको विषयमा राजनीतिक वृत्तमा पुनः बहस सुरु हुने अपेक्षा गरिएको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan