Tuesday 11th of August | २०८३ श्रावण २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हिमालयन कम्युनिटी प्रोजेक्टले कक्षा १२ सम्मका विद्यार्थीलाई नि:शुल्क हाइकिङ गराउने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १९ मंगलबार |
newsabhiyan

 

​काठमाडौँ ।
हिमालयन कम्युनिटी प्रोजेक्ट (Himalayan Community Project) ले कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरूका लागि नि:शुल्क हाइकिङ सुविधा दिने भएको छ। विद्यार्थीहरूमा पर्ने आर्थिक भार कम गर्न र उमेर अनुसार नयाँ कुरा सिक्ने तथा अनुभव बटुल्ने अवसर प्रदान गर्ने उद्देश्यले कक्षा १२ सम्मका विद्यार्थीहरूलाई लक्षित गरी यो सुविधा उपलब्ध गराइएको हो।


​युवा अवस्थादेखि नै प्रकृतिसँग जोडिन र नयाँ वातावरणमा नयाँ कुरा सिक्न मद्दत पुगोस् भन्ने हेतुले विद्यार्थीहरूलाई हाइकिङमा प्राथमिकता दिइएको संस्थाले जनाएको छ।


​संस्थाले 'हाइक फर हेल्थ' (Hike for Health) भन्ने मूल नाराका साथ प्रत्येक हप्ताको शनिबार नियमित रूपमा हाइकिङ कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। पैदल यात्रा (हिँडाइ) मार्फत नागरिकलाई शारीरिक तथा मानसिक रूपमा स्वस्थ बनाउने उद्देश्यले सञ्चालित यस कार्यक्रममा सबै उमेर समूहका व्यक्तिहरू सहभागी हुन सक्नेछन्।


​हिमालयन कम्युनिटी प्रोजेक्ट एक गैरनाफामूलक तथा विशुद्ध सामाजिक संस्था भएको यसका अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिएका छन्। संस्थाले समाजसेवा र सामाजिक कल्याणका क्षेत्रमा विभिन्न गतिविधिहरू गर्दै आएको अध्यक्ष सापकोटाको भनाइ छ।


​उनका अनुसार संस्थाले सडकका छाडा तथा अबोध जनावरहरूलाई खाना खुवाउने, नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने, गरिब तथा असहाय बालबालिकाहरूलाई नि:शुल्क शिक्षाको व्यवस्था मिलाउने, वातावरण संरक्षणका लागि वृक्षारोपण गर्ने र नियमित हाइकिङ सञ्चालन गर्ने जस्ता विविध सामाजिक कार्यहरू सम्पादन गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan