Tuesday 11th of August | २०८३ श्रावण २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २५ सोमबार | (रासस)

रूपन्देही, २५ साउनः लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवद्र्धन अभियान सुरु भएको छ । बुद्ध जन्मस्थल भ्रमण गर्ने स्वदेशी तथा विदेशी पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले आरोग्य अभियान थालिएको हो ।

निजी क्षेत्रको ट्रान्क्विलिटी स्पाले लुम्बिनीलाई केन्द्रमा राखेर हालै भैरहवामा पर्यटन व्यवसायीसँग अभियानबारे छलफल गरेको छ ।

स्पाका लुम्बिनी प्रदेश क्षेत्रीय निर्देशक नवीन थापाले आरोग्य पर्यटनसम्बन्धी ‘प्याकेज’बारे जानकारी दिँदै योग, ध्यान, मसाज, हाइड्रोथेरापी, स्टिम बाथ, बडी स्क्रब, फिटनेस तथा अन्य आरोग्य सेवाका विशेषताबारे बताउनुभयो । 

लुम्बिनी प्रदेश होटल एसोसिएसन अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले अब आरोग्य पर्यटनको बजारीकरणमा लाग्नुपर्नेमा जोड दिनुभयो । 

नेपाल एसोसिएसन अफ ट्राभल एजेन्सिज (नाटा) का सदस्य चन्द्र थापाले आरोग्य पर्यटनलाई नियमित पर्यटकीय प्याकेजसँग जोड्न सके नेपालमा पर्यटकको बसाइ बढाउन सकिने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan