Tuesday 11th of August | २०८३ श्रावण २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मानव अवशेष ठानेर अनुसन्धान गरिएको वस्तु यौन पुतली भएको खुलासा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २५ सोमबार | (रासस-एएफपी)

सिड्नी, २५ साउन : अस्ट्रेलियाको ग्रामीण क्षेत्रमा फेला परेको यथार्थजस्तो देखिने यौन पुतलीलाई मानव अवशेष ठानेर प्रहरीले अनुसन्धान सुरु गरेपछि उक्त वस्तु पुतली भएको पुष्टि भएको छ ।

न्यु साउथ वेल्सको ग्रामीण क्षेत्रमा आइतबार दुई जना पुरुषले परित्यक्त सुटकेसमा मानव अवशेषजस्तो वस्तु फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले घटनालाई सुरुमा सम्भावित हत्याका रूपमा लिएर हत्या अनुसन्धानकर्ता तथा फोरेन्सिक विज्ञसहितको टोली परिचालन गरेको थियो । तर फोरेन्सिक परीक्षणपछि सुटकेसभित्र मानव अवशेष नभई यथार्थजस्तो देखिने यौन पुतली रहेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

न्यु साउथ वेल्स प्रहरीकी सुपरिटेन्डेन्ट लिन्डा ब्राडबरीले पुतली निकै यथार्थजस्तो देखिएकाले सुरुमा मानव अवशेष ठानिएको बताउनुभयो ।

प्रहरीका अनुसार पुतलीमा कपडा, कपाल र नाक छेडिएको भागसमेत थियो । बाहिरी स्वरूपका कारण घटनालाई मानव अवशेषसँग सम्बन्धित ठानिएको प्रहरीले जनाएको छ ।

पुतली भएको पुष्टि भएपछि प्रहरीले घटनासम्बन्धी अनुसन्धान समाप्त गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan