Tuesday 11th of August | २०८३ श्रावण २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्युः प्रहरी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २५ सोमबार | रासस/एएफपी

 इन्डोनेसियामा साप्ताहिक ‘कार रेस’ का क्रममा एउटा कार नियन्त्रणबाहिर गएर दर्शकहरूमाथि ठोक्किएपछि आठ जनाको मृत्यु भएको र नौ जना घाइते भएको प्रहरीले सोमबार बताएको छ ।

यो दुर्घटना आइतबार राति इन्डोनेसियाको सुलावेसी टापुमा रहेको कोतामोबागु शहरमा आयोजित ‘ड्र्याग कार रेस’का क्रममा भएको हो।

“आठ जनाको मृत्यु भएको छ, आठ जना गहन उपचारमा छन् र एक जनालाई सामान्य चोटपटक लागेको छ,” उत्तर सुलावेसी प्रहरी प्रमुख रोएके ह्यारी ल्याङ्गीले भन्नुभयो । 

प्रहरीले चालकसहित धेरै प्रत्यक्षदर्शीहरूसँगको प्रारम्भिक सोधपुछ यो जानकारी गराएको हो । 

एक प्रत्यक्षदर्शीका अनुसार कार नियन्त्रणबाहिर गएर उत्तर सुलावेसीको राजधानी मनाडोबाट करिब १८० किलोमिटर दक्षिण–पश्चिममा अवस्थित कोतामोबागुमा रेसका दर्शकहरूमाथि ठोक्किएको थियो । 

करिब २८ करोड जनसङ्ख्या भएको यो दक्षिण–पूर्वी एसियाली राष्ट्रमा घातक सडक दुर्घटनाहरू सामान्य छन्, जहाँ सडक नियमहरू नियमित रूपमा उल्लङ्घन गरिन्छ र सवारी साधनहरू प्रायः राम्रोसँग मर्मत गरिएका हुँदैनन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan