पाकिस्तानी र इरानी विदेशमन्त्रीबीच फोनवार्ता
पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इशाक दारले सोमबार इरानका विदेशमन्त्री अब्बास अराघचीसँग टेलिफोन वार्ता गर्नुभएको छ । फोनमा उनीहरूले क्षेत्रीय र अन्तर्राष्ट्रिय विकासक्रम र विशेष गरी शान्ति तथा स्थिरता प्रवद्र्धनका प्रयासहरूबारे छलफल गरेका बताइएको छ ।
पाकिस्तानको विदेश मन्त्रालयको विज्ञप्तिअनुसार दारले अराघचीलाई हालै पाकिस्तान, साउदी अरब र टर्कीबीच हस्ताक्षर भएको मक्का संयुक्त रक्षा सम्झौताबारे जानकारी गराउनुभएको थियो । उहाँले यस सम्झौताको उद्देश्य रणनीतिक सहयोग सुदृढ गर्ने र क्षेत्रीय शान्ति तथा सुरक्षामा योगदान पु¥याउने रहेको बताउनुभएको थियो ।
विदेशमन्त्री अराघचीले सम्झौताका मुख्य पक्षहरू साझा गरेकामा दारलाई धन्यवाद दिनुभएको थियो ।
विज्ञप्तिमा भनिएको छ, “दुवै मन्त्रीहरू पारस्परिक चासोका विषयमा नजिकको सम्पर्कमा रहने सहमतिमा पुगेका छन्।”
