Tuesday 11th of August | २०८३ श्रावण २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ब्राउन सुगरसहित एक जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २५ सोमबार |

वीरगञ्ज (पर्सा), २५ साउनः प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा-१४ कृष्णप्रणामी चोकमा लागुऔषध ब्राउनसुगरको खरिद बिक्री भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय तथा लागुऔषध नियन्त्रण ब्यूरो वीरगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतका शत्रुधन पासवानलाई आज पक्राउ गरेको हो । 

    शङ्काष्पद रूपमा पैदल हिँडिरहेका निजलाई रोकी खानतलासी गर्दा भारतको विहार जिल्ला मोतीहारी श्रीपुर ग्रामपञ्चायत-१ निवासी २५ वर्षीय पासवानले लगाएको पाइन्टको खल्तीबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६.५७ ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता चक्रबहादुर मल्लले जानकारी दिनुभयो । निजलाई ब्राउनसुगरसहित पक्राउ गरी नियन्त्रणमा लिलुका साथै थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan