मुक्तिनाथ विकास बैंकद्वारा NAIMA Expo २०२६ लाई लक्षित गरी ५.५७ प्रतिशत ब्याज दरमा अटो लोन योजना सार्वजनिक
काठमाडौं, २६ साउन । मुक्तिनाथ विकास बैंक लिमिटेडले NAIMA Expo २०२६ लाई लक्षित गर्दै ग्राहकहरूका लागि आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ । बैंकले यस योजनाअन्तर्गत द्यबकभ च्बतभ ± ० प्रतिशतको विशेष ब्याजदरमा अटो लोन उपलब्ध गराउने घोषणा गरेको हो ।
यस योजनाअन्तर्गत हाल बैंकको अटो लोनको ब्याजदर ५.५७ प्रतिशत कायम गरिएको छ । NAIMA Expo २०२६ को अवसरलाई लक्षित गरी ल्याइएको यो विशेष ब्याजदर योजना भदौ मसान्त २०८३ सम्म लागू हुनेछ । उक्त अवधि समाप्त भएपछि बैंकको प्रचलित सामान्य ब्याजदर लागू हुनेछ ।
ग्राहकको कर्जा आवेदन तथा आवश्यक सम्पूर्ण कागजातहरू पूरा भएको अवस्थामा बैंकले २४ घण्टाभित्र अटो लोन उपलब्ध गराउने व्यवस्था गरेको छ । यसले ग्राहकलाई आफ्नो रोजाइको सवारी साधन खरिद गर्न सहज, छिटो र सरल कर्जा सुविधा प्राप्त गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
बैंकले उक्त अटो लोन सुविधा देशभर रहेका आफ्ना १७६ वटै शाखामार्फत उपलब्ध गराउने जनाएको छ । NAIMA Expo २०२६ मा सहभागी हुने तथा नयाँ सवारी साधन खरिद गर्न इच्छुक ग्राहकहरूले यस विशेष योजनाबाट लाभ लिन सक्नेछन् ।
मुक्तिनाथ विकास बैंकले ग्राहकको आवश्यकता र बदलिँदो बजार परिवेशअनुरूप सरल, सहज तथा प्रतिस्पर्धी वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । यस विशेष अटो लोन योजनाले नयाँ सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई थप सुविधा र अवसर प्रदान गर्ने बैंकको अपेक्षा रहेको छ ।
