Saturday 22nd of August | २०८३ भदौ ६ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ६ शनिबार |

बागलुङ, ६ भदौः किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया  बागलुङबाट वीरगञ्ज पठाएर कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बागलुङ बजारका दुई कृषि सामग्री पसलबाट खरिद गरिएको युरिया रात्रिबसबाट वीरगञ्ज पठाइएको पुष्टि भएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

किसानका लागि तोकिएको कोटाअनुसार जिल्लामा बिक्री गर्नुपर्ने मल अन्यत्र पठाएको अभियोगमा पर्साको छिपहरमाई गाउँपालिका–६ दिनेश पण्डितकुमार तथा बागलुङ नगरपालिका–२ का कुलबहादुर रानामगर र विनय शाक्यलाई पक्राउ गरिएको हो । 

अभियुक्तहरूमाथि कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐनबमोजिम अनुसन्धान भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan