Monday 31st of August | २०८३ भदौ १५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कोशी प्रदेश सरकारले भोटेकोशी बाढी पीडितका लागि तीन करोड उपलब्ध गराउने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ११ बिहीबार | (रासस)

विराटनगर, ११ भदौः कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले बुधबार भोटेकोशीमा गएको बाढीबाट ज्यान गुमाएका नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकाकुल परिवारमा हार्दिक समवेदना व्यक्त गरेको छ । बाढीका कारण धेरै जनधनको क्षति भएकोप्रति सरकारले गहिरो दुःख पनि व्यक्त गरेको छ ।

    कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा तत्काल रु तीन करोड प्रादन गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले जानकारी दिनुभयो । 

    बाढी प्रभावित क्षेत्रमा तत्काल खोज, उद्धार र राहत प्रदान गर्न सङ्घीय सरकारसँग समन्वय गर्नुका साथै कोशी प्रदेश सरकार अन्तरसमन्वय गर्न तयार रहेको पनि उहाँले बताउनुभयो । मनसुन अझै सक्रिय रहेकाले कोशी प्रदेशका सबै जिल्लाका विपद् व्यवस्थापन समिति सजग र सचेत रहन पनि निर्देशन दिने बैठकले निर्णय गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan