Monday 31st of August | २०८३ भदौ १५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जुम्लामा एक हजार ९०० क्विन्टल चामल मौज्दात

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १५ सोमबार | रासस

 जुम्ला, १५ भदौः जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा एक हजार ९०० क्विन्टल चामल मौज्दात रहेको छ । चालु आर्थिक वर्षका लागि सरकारले पाँच हजार क्विन्टल खाद्यान्नको कोटा जिल्लाका लागि निर्धारण गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका प्रमुख मनोज जोशीले जानकारी दिनुभयो ।

अहिले नियमित रूपमा नेपालगन्जबाट ढुवानीकार्यलाई तीव्रता दिएपछि खोदाममा खाद्यान्न मौज्दात सन्तोषजनक छ । प्रतिदिन करिब ९० क्विन्टल चालम बिक्री हुने गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख जोशीको भनाइ छ ।

अत्यधिक रूपमा पछिल्लो समयमा चामलको माग आउने गरेको छ । कम्पनीको वार्षिकोत्सवका अवसरमा पारी साउन २८ गतेदेखि रु १२५ छुट गरी सहुलियत मूल्यको पसल सञ्चालन गरी खाद्यान्न बिक्री वितरण गरिएको छ ।
 
खाद्य कम्पनीले अहिले अरुवा मोटा चामललाई प्रतिबोरा रु एक हजार ४००, अरुवा सोना मन्सुली रु एक हजार ४२५, मध्यम चामल रु एक हजार ४५० र स्टिम जिरा चामलको रु दुई हजार १७५ मूल्य तोकेको छ ।

खाद्य कम्पनीबाट चिनी, भटमासको तेल र सूर्यमुखी तेल बिक्री हुने गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan