Monday 31st of August | २०८३ भदौ १५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अफ्रिकाबाट नेपालका बाढीपीडितका लागि एक करोडभन्दा बढी राहत जुट्दै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १५ सोमबार |
newsabhiyan

नाइजेरियाबाट १८ लाख, कंगोबाट १३ लाख संकलन; युगान्डाबाट १० हजार १०१ अमेरिकी डलर सहयोग घोषणा

लागोस, नाइजेरिया । नेपालमा आएको बाढीबाट प्रभावित नागरिकका लागि अफ्रिकामा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए) का राष्ट्रिय समन्वय परिषद् तथा नेपाली समुदायले राहत संकलन अभियानलाई तीव्र बनाएका छन्।
अफ्रिकाका विभिन्न देशमा रहेका नेपालीहरूले मातृभूमिमा परेको विपद्मा सहयोग गर्ने उद्देश्यले सञ्चालन गरेको अभियानबाट हालसम्म उल्लेख्य रकम संकलन भइसकेको छ। एनआरएनए नाइजेरियाले हालसम्म १८ लाख रुपैयाँ सहयोग संकलन गरेको छ भने एनआरएनए कंगोले १३ लाख रुपैयाँ र एनआरएनए घानाले १ लाख ५० हजार रुपैयाँ संकलन गरिसकेको जनाइएको छ।
यसैगरी केन्या, सेसेल्स, तान्जानिया, दक्षिण अफ्रिका, रुवान्डा लगायतका देशमा रहेका एनआरएनए शाखा तथा नेपाली समुदाय पनि राहत संकलन अभियानमा सक्रिय छन्। ती देशहरूमा सहयोग संकलनको क्रम जारी रहेको बताइएको छ।

यसैबीच, एनआरएनए युगान्डाकी अध्यक्ष रमा अर्यालले १० हजार १०१ अमेरिकी डलर नेपालका बाढीपीडितका लागि सहयोग गर्ने घोषणा गरेकी छन्। अफ्रिकामा रहेका नेपाली समुदायबाट व्यक्तिगत तथा संस्थागत रूपमा समेत सहयोग जुटिरहेको छ।

एनआरएनएका पूर्व कोषाध्यक्ष हिक्मत थापाका अनुसार अफ्रिकाका विभिन्न देशमा रहेका एनआरएनए शाखा तथा गैरआवासीय  नेपालीहरूबाट एक करोड रुपैयाँभन्दा बढी रकम संकलन हुने अपेक्षा गरिएको छ। उक्त रकम नेपाल सरकारलाई बाढीपीडितको राहत तथा पुनःस्थापनामा प्रयोग हुने गरी हस्तान्तरण गरिनेछ।

नेपालमा प्राकृतिक विपद्का बेला प्रवासमा रहेका नेपालीहरूले निरन्तर सहयोग गर्दै आएका छन्। यसपटक पनि अफ्रिकाका विभिन्न मुलुकमा रहेका नेपालीहरूको सक्रियताले विपद्मा मातृभूमिप्रतिको उनीहरूको ऐक्यबद्धता र मानवीय भावना थप बलियो रूपमा देखाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan