Monday 31st of August | २०८३ भदौ १५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मुक्तिनाथ विकास बैंकद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. ५० लाख सहयोग

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १४ आइतबार |
newsabhiyan

काठमाडौं, १४ भदौ । भदौ १०गते भोटेकोशीमा आएको भीषण बाढीले टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, त्रिशुली, देवीघाट लगायतका स्थानहरुमा अकल्पनिय र अत्याधिक मात्रमा जनधन गुमाउनु परेको र सो बाढीले रसुवा, नुवाकोट, धादिङ्ग र चितवन जिल्लाको नदी तटिय क्षेत्रलाई प्रत्यक्ष र सो क्षेत्रमा विभिन्न उद्देश्यले रहनु भएमा देश विदेशका नागरिकहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जनधनको क्षति भएकोले समग्र बैंक परिवार मर्माहत भएको छ ।

यस विपत्तिको घडिमा जीवन गुमाउनु भएका सम्पूर्णहरुमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै, शोक सन्तप्त सम्पूर्ण परिवारमा गहिरो समवेदना व्यक्त गर्दछौं ।

प्रकृतिले ल्याएको यो विनाशकारी बाढीको कारणले प्रभावित नागरिकहरुको राहत, उद्धार तथा पुनस्र्थापनामा सहयोग पु¥याउने उद्देश्यले बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५० लाख -पचास लाख रुपैयाँ) सहयोग प्रदान गरेको छ ।

देशको विभिन्न क्षेत्रमा बाढीका कारण जनधनको क्षतिहुनुका साथै ठूलो संख्यामा नागरिक प्रभावित भएको यस कठिन परिस्थितिमा पीडित परिवारको राहत तथा उद्धार कार्यमा सहयोग पु¥याउनु बैंकको पनि सामाजिक उत्तरदायित्व हो । 

विपद्को यस घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै बैंकले प्रदान गरेको सहयोगले राहत तथा उद्धार कार्यमा केही हदसम्म योगदान पुग्ने विश्वास लिएको छ ।

बैंकले आगामी दिनमा पनि विपद् प्रभावित नागरिकको सहयोग तथा समुदायको हितमा आवश्यक सहकार्य र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan