Monday 31st of August | २०८३ भदौ १५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रुसद्वारा युक्रेनको ऊर्जा पूर्वाधारमा ‘ठूलो आक्रमण’को तयारी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १४ आइतबार | (रासस-एएफपी)

मस्को, १४ भदौ : रुसले युक्रेनले रुसी ऊर्जा तथा नागरिक पूर्वाधारमा गरेको आक्रमणको जवाफमा युक्रेनको ऊर्जा पूर्वाधारमा ठूलो आक्रमणको तयारी थालेको जनाएको छ ।
    
रुसी रक्षा मन्त्रालयले आइतबार टेलिग्राममार्फत युक्रेनको ऊर्जा क्षेत्रका संरचनामाथि ठूलो मात्रामा आक्रमणको तयारी सुरु गरिएको जनाएको हो ।
    
गत हिउँदमा रुसले युक्रेनका विद्युत् उत्पादन तथा प्रसारण संरचनामा पटकपटक आक्रमण गर्दा देशको ऊर्जा प्रणालीमा ठूलो क्षति पुगेको थियो । त्यसका कारण लाखौँ मानिसले अत्यधिक चिसोका बीच विद्युत् तथा ताप आपूर्तिको समस्या झेल्नुपरेको थियो ।

पछिल्ला महिनामा दुवै पक्षले लामो दूरीका ड्रोन तथा क्षेप्यास्त्रमार्फत एकअर्काका सैन्य तथा ऊर्जा पूर्वाधार, गोदाम, तेल प्रशोधन केन्द्र र बन्दरगाहलगायत संरचनालाई लक्षित गर्दै आएका छन् । ती आक्रमणमा सर्वसाधारणसमेत हताहत भएका छन् ।

रुसी रक्षा मन्त्रालयले आइतबार किएभस्थित एस्बेस्टोस तथा सिमेन्ट उत्पादन गर्ने एक कारखानामा आक्रमण गरेको दाबी गरेको छ । उक्त कारखानाका गोदाममा विस्फोटक पदार्थ भण्डारण गरिएको र त्यहाँ ड्रोन तथा हतियार उत्पादन हुने मन्त्रालयको दाबी छ ।

यसअघि शनिबार किएभको उपनगरमा रहेको गोलाबारुद भण्डारमा रुसी आक्रमण हुँदा ठूलो विस्फोट भएको थियो । स्थानीय अधिकारीहरूका अनुसार घटनामा कम्तीमा ३७ जनाको मृत्यु भएको थियो ।

यता, युक्रेनी अधिकारीहरूले उत्तरपश्चिमी रुसमा रहेको एक तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोनले आक्रमण गरेको बताएका छन् । आक्रमणपछि त्यहाँ आगलागी भएको उनीहरूले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan