Monday 31st of August | २०८३ भदौ १५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

देश शोकमा रहेकाले ‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित, तिहारमा रिलिज हुने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १४ आइतबार |
newsabhiyan

काठमाडौं । रेखा थापाको निर्देशनमा बनेको चलचित्र ‘माया भनेकै यस्तो होला’को प्रदर्शन मिति स्थगित गरिएको छ। मुलुकमा उत्पन्न प्रतिकूल परिस्थिति तथा देश पीडा र दुःखमा रहेका बेला मनोरञ्जनात्मक चलचित्र प्रदर्शन गर्न उपयुक्त नदेखिएपछि निर्माण पक्षले भदौ २६ गतेका लागि तय गरिएको प्रदर्शन मिति स्थगित गरेको हो।

चलचित्र निर्माण संस्था दिया एण्ड अमु फिल्मस्का तर्फबाट दिल श्रेष्ठले एक जानकारी जारी गर्दै देशको वर्तमान अवस्थालाई ध्यानमा राखेर प्रदर्शन मिति सार्ने निर्णय गरिएको बताएका छन्।

निर्माण पक्षका अनुसार अब चलचित्र तिहारको अवसरमा कार्तिक २० गते शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आउनेछ। नयाँ प्रदर्शन मितिबारे एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी, रिच इन्टरटेनमेन्ट लगायत चलचित्रसँग सम्बन्धित सबै पक्षलाई जानकारी गराइएको छ।

श्रेष्ठले मुलुक रोइरहेको समयमा चलचित्रजस्तो मनोरञ्जनात्मक सामग्री दर्शकमाझ पस्कन आफ्नो मनले नमानेको बताएका छन्।

‘मुलुक रोइरहेको समयमा चलचित्र जस्तो मनोरञ्जनात्मक सामग्री पस्कन हाम्रो मनले मानेन,’ उनले भनेका छन्।

प्रदर्शन मिति परिवर्तनबाट दर्शक, वितरक तथा चलचित्रसँग सम्बन्धित अन्य पक्षमा पर्न गएको असुविधाप्रति निर्माण पक्षले क्षमायाचना गरेको छ। साथै आगामी दिनमा पनि दर्शकको साथ र माया निरन्तर पाइरहने विश्वास व्यक्त गरेको छ।

अब ‘माया भनेकै यस्तो होला’ कार्तिक २० गते शुक्रबारदेखि तिहारको अवसरमा सार्वजनिक प्रदर्शनमा आउने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan