Monday 31st of August | २०८३ भदौ १५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १४ आइतबार | रासस

काठमाडौँ, १४ भदौः रसुवामा बुधबार बिहान गएको भोटेकोशी बाढीमा परी घाइते भएका ४३ जनालाई उद्धार गरी काठमाडौँ राष्ट्रिय ट्रमा सेन्टर ल्याइएकामा २४ जना उपचारपछि घर फर्किएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार राष्ट्रिय ट्रमा सेन्टरमा हाल  १७ घाइतेको उपचार भइरहेको छ । एक जनालाई थप उपचारका लागि वीर अस्पताल रेफर गरिएको छ । उपचारका क्रममा विदुर नगरपालिका–१०, नुवाकोटका महेश डङ्गोलको केही दिनअघि मृत्यु भएको प्रहरीले जनाएको छ । 

    यसैबीच, भोटेकोशी बाढीमा परी घाइते भएका तथा सम्पर्कविहीन व्यक्तिका आफन्तलाई आवश्यक सूचना उपलब्ध गराउन नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा नागरिक सहायता कक्ष स्थापना गरेको छ । सहायता कक्षमा घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिन तथा सम्पर्कविहीन आफन्तको विवरण टिपाउन आउनेको क्रम जारी रहेको प्रहरीले जनाएको छ । अस्पताल पुगेका आफन्तले आफ्ना परिवारका सदस्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan