Friday 18th of September | २०८३ असोज २ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १ बिहीबार | (रासस)

काठमाडौँ, १ असोजः काठमाडौँ उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक सुझाव एप’ सञ्चालनमा ल्याइएको छ ।  

पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक डिभिजन काठमाडौँले सफल परीक्षणपछि एपलाई औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो ।

पूर्वाधार विकासमन्त्री सुनील लम्सालको निजी सचिवालयका अनुसार काठमाडौँ उपत्यकाभित्रका नागरिकले सङ्घीय सडकअन्तर्गतका बिग्रिएका सडकको मर्मतसम्बन्धी गुनासा तथा सुझाव एपमार्फत दर्ता गर्न सकिने जनाएको छ ।

एपमार्फत दर्ता गरिएका गुनासाको समाधान प्रक्रिया र अवस्थासमेत नागरिकले प्रत्यक्ष रूपमा हेर्नसक्ने व्यवस्था गरिएको छ । 

गुनासा सम्बोधन भएपछि त्यसको जानकारीसमेत एपमार्फत प्राप्त हुने सडक डिभिजन कार्यालय काठमाडौँले जनाएको छ ।
 
हाल ‘सडक सुझाव एप’मार्फत काठमाडौँ उपत्यकाभित्र सङ्घीय सडकअन्तर्गत रहेका करिब ४७२ किलोमिटर सडकसम्बन्धी गुनासो तथा सुझाव दर्ता गर्न सकिनेछ ।

सङ्घीय सडकअन्तर्गत नपर्ने सडकका सम्बन्धमा भने उक्त सडक कुन निकायको जिम्मेवारीमा पर्छ भन्ने जानकारीसमेत नागरिकलाई उपलब्ध गराइने सडक डिभिजन कार्यालय काठमाडौँले जनाएको छ । 

सडक मर्मतसम्बन्धी गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै एपलाई देशव्यापी रूपमा विस्तार गर्ने तयारी अघि बढाइएको छ । आगामी दुई हप्ताभित्र ललितपुर र भक्तपुरलाई एपमा समावेश गरी सेवा विस्तार गर्ने र क्रमशः देशभर सञ्चालनमा ल्याउने लक्ष्य राखिएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan