Friday 18th of September | २०८३ असोज २ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

माथिल्लो त्रिशूली–१ को अपडेट–३ टनेलबाट ६ शव निकालियो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २ शुक्रबार |
newsabhiyan

काठमाडौं, २ असोज । भाद्र १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका व्यक्तिहरूको खोज तथा उद्धार कार्य जारी छ।

आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले गरेको खोजीका क्रममा अडिट–३ टनेलभित्रबाट ६ वटा शव फेला पारी बाहिर निकालिएको छ।

टनेलभित्र ढलानका लागि बुनिएको डन्डीको जालीको भित्री भागमा शवहरू अल्झिएको अवस्थामा फेला परेका थिए।

उद्धार टोलीले ग्राइन्डर, ग्यास कटर तथा रोटरी रेस्क्यु उपकरण प्रयोग गरी कठिन अवस्थाबीच शवहरू बाहिर निकालेको हो।

टनेलभित्र हिलोले छोपिएको अवस्थामा थप शवजस्तो आकृति समेत देखिएको उद्धार टोलीले जनाएको छ। उक्त क्षेत्रमा थप खोजी तथा उद्धार कार्य भइरहेको छ।

बाढीपछि टनेलभित्र फसेका तथा सम्पर्कविहीन व्यक्तिहरूको खोजी चुनौतीपूर्ण बन्दै गएको छ।

उद्धार टोलीले टनेलभित्रको हिलो, संरचनागत अवरोध तथा जोखिमबीच सावधानीपूर्वक खोजी अघि बढाइरहेको छ।

उद्धार कार्यसँगै फेला परेका शवहरूको पहिचान तथा सम्बन्धित परिवारसम्म जानकारी पुर्‍याउने प्रक्रिया पनि अघि बढाइने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan