Friday 18th of September | २०८३ असोज २ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बेँसीसहर-चामे सडकमा खसेको ढुङ्गा हटाउन समस्या

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १ बिहीबार |

मनाङ, १ असोजः मनाङको लाइफलाइन (प्रमुखआधार) का रूपमा रहेको बेँसीसहर-चामे सडकमा खसेको ठूलो चट्टानसहितको पहिरो हटाउन समस्या भएको छ । बुधबार बिहान नासोँ गाउँपालिका-३ खोत्रोमा खसेको ठूला ढुङ्गासहितको पहिरो हटाउन नसक्दा सवारी आवतजावत ठप्प भएको हो ।  

    मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले बुधबारदेखि सडक खुलाउने प्रयास भइरहेको बताउनुभयो । “बुधबार दिनभर र बिहीबार ब्लाष्टिङ गरेर हटाउने प्रयास गरिएको छ तर ब्लाष्ट गर्दा पनि ठूलो चट्टान भएकाले फुटेन”, उहाँले भन्नुभयो, “डोजरसहितका उपकरणले पहिरो पन्छाउने प्रयास भइरहेको छ । योसँगै पुनः ड्रिल गर्ने काम पनि भइरहेको छ ।”

    आज दिनभर सडक खुलाउने प्रयास जारी रहेको बताउँदै प्रजिअ खनालले शुक्रबार बिहानसम्ममा सडक सञ्चालन गर्नेगरी काम भइरहेको जानकारी दिनुभयो । “ब्लाष्टिङ गरेर पनि ठूलो चट्टान बीच सडकमा अड्किएकाले हटाउन सहज छैन,” उहाँले भन्नुभयो, “नेपाली सेनालगायत सुरक्षाकर्मी र स्थानीयको सहयोगमा फेरि ब्लास्टिङ गरेर सडक खुलाउने प्रयासमा छौँ ।”    

    नासोँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनुप पौडेलले पालिका क्षेत्रमा चट्टानसहितको पहिरोले रोकिएको सडक सञ्चालन गर्ने प्रयास भइरहेको बताउनुभयो । यहाँको भौगोलिक अवस्थाले गर्दा पनि यस्ता ठूला चट्टान सडकमा खसेपछि समस्या हुनसक्ने अवस्था रहेकाले भैपरि आउने समस्याको समाधानमा सबै जुटेको उहाँको भनाइ छ । 

    मस्र्याङ्दी करिडोरअन्तर्गतका यस सडकमा ठूला सवारीसाधन वर्षायाममा गुडाउँदा भासिने र पहिरोको जोखिम बढ्दै गएको छ । यस सडकको जोखिम न्यूनीकरणका लागि सडक आयोजनाले समयमा सडक निर्माण गर्न सकेमा मनाङको यात्रा सहज हुनेछ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan