Friday 18th of September | २०८३ असोज २ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

न्यायाधिवक्ताद्वारा मुख्यमन्त्रीसमक्ष वार्षिक प्रतिवेदन पेस

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १ बिहीबार | (रासस)

दाङ, १ असोजः लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता यमलाल खनालले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ । 
    
खनालले आज उक्त प्रतिवेदन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका देउखुरी पेस गर्नुभएको हो । 
 
न्यायाधिवक्ता खनालले आर्थिक वर्ष २०८२/०८३ कोे वार्षिक कार्यसम्पादन, मुद्दा मामिला, कानुनी राय तथा परामर्शलगायतका विवरण समेटिएको प्रतिवेदन मुख्यमन्त्री आचार्यलाई हस्तान्तरण गर्नुभएको हो ।

नेपालको संविधानको धारा १६० बमोजिम प्रदेश सरकारको मुख्य कानुनी सल्लाहकारका रूपमा मुख्य न्यायाधिवक्ताको व्यवस्था छ । 
    
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/०८३ मा सर्वोच्च अदालत, उच्च अदालत, विभिन्न जिल्ला अदालत तथा प्रशासकीय अदालतमा प्रदेश सरकार पक्ष वा विपक्ष भएका मुद्दासहित कूल १८५ मुद्दाको जिम्मेवारी रहेको बताइएको छ । 
    
अघिल्लो अवधिबाट जिम्मेवारी सरेर आएका १०५ थान र आर्थिक वर्ष २०८२/०८३ मा नयाँ दर्ता भएका ८० थान मुद्दा रहेका छन् ।
    
कूल १८५ वटा मुद्दामध्ये १०० वटा मुद्दा फैसला भई फछ्र्योट भएका छन् भने ८५ वटा मुद्दा चालु अवस्थामा रहेको प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan