Friday 18th of September | २०८३ असोज २ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

त्रिवि शिक्षण अस्पतालमा आठ घाइतेको उपचार हुँदै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १ बिहीबार | (रासस)

काठमाडौँ, १ असोजः भोटेकोशी नदीमा गएको बाढीमा परेर घाइते भएकामध्ये त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत ७० घाइते घर फर्किएका छन् ।

    शिक्षण अस्पतालका प्रवक्ता एवम् वरिष्ठ न्यूरो सर्जन डा गोपाल सेढाइँले अस्पतालमा उपचारका लागि ल्याएका ८४ घाइतेमध्ये आज साँझसम्म ७० घाइते घर फर्किएको राससलाई जानकारी दिनुभयो ।

    यस्तै, अस्पतालमा ल्याएका घाइतेमध्ये आठ जनाको उपचार भइरहेको छ । डा सेढाइँका अनुसार हाल मीनबहादुर श्रेष्ठ, पवित्र कार्की, राजेन्द्र भट्ट, तेजबहादुर तामाङ, महेश्वर शाह, निमा दोर्जे तामाङ, चण्डिका श्रेष्ठ र सलिना भुजेलको उपचार भइरहेको छ ।

    यस्तै, चार जना अस्पतालमा आएर अन्य अस्पतालमा उपचारका लागि पठाइएको प्रवक्ता डा सेढाइँले बताउनुभयो । अस्पतालमा ल्याएका एक घाइतेको भने उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan