Friday 18th of September | २०८३ असोज २ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मिसेस नेपाल वर्ल्डका २२ प्रतिस्पर्धी स्यासिङसँगै सार्वजनिक

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २ शुक्रबार |
newsabhiyan

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ समारोह फाइनल स्पर्धाकै झल्को दिने गरी बिहीबार साँझ राजधानीमा सम्पन्न भएको छ।

थापागाउँस्थित बानेश्वर हिल्समा आयोजित समारोहमा देशका विभिन्न भागमा गरिएको अडिसनबाट छनोट भएका २२ प्रतिस्पर्धीलाई ट्याग नम्बर र स्यास प्रदान गर्दै औपचारिक रूपमा प्रतियोगिताका प्रतिस्पर्धीका रूपमा प्रस्तुत गरिएको हो।

समारोहमा सहभागी प्रतिस्पर्धीहरूले आफ्नो परिचय प्रस्तुत गरेका थिए। स्यासिङ समारोहको भव्य प्रस्तुतिले आगामी ग्रान्ड फिनालेप्रति कौतुहलता बढाएको आयोजकले जनाएको छ।

यस वर्षको अन्तिम स्पर्धाका लागि प्रियशिखा खड्का, सगुन खनाल, सोफिया ढकाल, ऋचा शर्मा, स्वेक्षा पौड्याल, रस्ना श्रेष्ठ, यस्मिन बेगम सइद, नेहा गुप्ता, दिप्ती ढुंगेल, बिन्दु थापा राना, शिल्पा न्यौपाने, शान्ता राना, सुनिता श्रेष्ठ कर्माचार्य, सन्ध्या लामा, बिनिता गुरुङ, ज्योति लामिछाने, समीक्षा रानाभाट, सुष्मा थापा, क्रिस्टिना ज्ञवाली, अञ्जु परियार, मोनिका तामाङ र कञ्चन महर्जन छनोट भएका छन्।

आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाका अनुसार यसपटक विभिन्न पेसा र क्षेत्रका महिलाको सहभागिता रहेको छ। अन्तिम स्पर्धाका लागि गृहिणीदेखि डाक्टर, इन्जिनियर, बैंकर, व्यवसायी, स्वास्थ्यसेवी, फेसन डिजाइनर, नर्स तथा व्यवस्थापकसम्मका महिला छनोट भएका छन्।

आयोजक शिला बास्तोलाका अनुसार प्रतियोगिताले व्यावसायिक तथा पारिवारिक जिम्मेवारी सम्हालिरहेका महिलालाई आफ्नो प्रतिभा, क्षमता र व्यक्तित्व प्रस्तुत गर्ने अवसर प्रदान गर्नेछ।

‘मिसेस नेपाल वल्र्ड २०२६’ को ग्रान्ड फिनाले आगामी कात्तिक १४ गते नेपाल पुलिस क्लबमा आयोजना हुने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले अमेरिकामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिसेस वल्र्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन्।

यस्तै, सोही मञ्चबाट ‘मिसेस नेपाल इन्टरनेसनल’, ‘एमएस इन्टरनेसनल’ र ‘मिसेस कोस्मो’ का विजेतासमेत चयन गरिनेछ। यी उपाधिका विजेताले सिंगापुरमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउने आयोजकले जनाएको छ।

अश्विनी झाको कोरियोग्राफीमा आयोजना हुने प्रतियोगिताका सहभागीलाई नृत्य प्रशिक्षण सन्दीप भुजेलले दिनेछन्। करिब ४५ दिनको प्रशिक्षणपछि ग्रान्ड फिनाले आयोजना गरिनेछ। कार्यक्रममा निशा बराइलीले सह–कोरियोग्राफी गर्नेछिन् भने गंगा महर्जन र विन्दिया श्रेष्ठले कार्यक्रम संयोजन गर्नेछन्।

स्यासिङ समारोहपछि २२ प्रतिस्पर्धीले ग्रान्ड फिनालेका लागि विभिन्न प्रशिक्षण, व्यक्तित्व विकासका कार्यक्रम तथा प्रतिस्पर्धात्मक गतिविधिमा सहभागिता जनाउनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan