बल्खु खोलाको बहावले घर जोखिममा, २० जनालाई सुरक्षित स्थानमा सारिँदै
न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ९ शुक्रबार |
काठमाडौं, ९ असोज । अविरल वर्षाका कारण बल्खु खोलामा आएको तीव्र बहावले घर जोखिममा परेपछि त्यहाँ भाडामा बस्दै आएका करिब २० जनालाई अन्यत्र सुरक्षित स्थानमा सारिँदै छ।
नगर प्रहरी नायव उपरीक्षक किशोरकुमार भट्टराईका अनुसार खोलाको तीव्र बहावले घर जोखिममा परेपछि उनीहरूलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको हो।
