Sunday 27th of September | २०८३ असोज ११ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाल र बेलारुसबीच कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकलाई भिसा छुट दिने सम्झौता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ११ आइतबार |

काठमाडौँ, १० असोजः नेपाल र बेलारुसबीच कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकलाई भिसा छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अवसरमा न्युयोर्कमा आयोजित साइडलाइन कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र बेलारुसका परराष्ट्रमन्त्री म्याक्सिम रिजेन्कोभले आ–आफ्ना सरकारका तर्फबाट उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको मन्त्रालयले जनाएको छ । सम्झौतामा हस्ताक्षर गर्नुअघि दुवै परराष्ट्रमन्त्रीहरूबीच सौहार्दपूर्ण भेटवार्ता भएको थियो । भेटवार्तामा दुवै देशको आपसी हितसँग सम्बन्धित विविध विषयमा छलफल भएको थियो ।

भेटवार्तामा नेपाल–बेलारुस मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्दै श्रम, शिक्षा, व्यापार, लगानी तथा जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan