Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बाढीले पाइपलाइन बगाउँदा बागलुङ बजारमा खानेपानी समस्या

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १३ मंगलबार | रासस

 बागलुङ, १३ असोजः अविरल वर्षापछि आएको बाढीले खानेपानीका मुख्य पाइपलाइनमा क्षति पुर्‍याएपछि बागलुङ बजारमा खानेपानीको समस्या भएको छ । बजारका करिब चार हजार ५०० उपभोक्ताले आइतबारदेखि समस्या व्यहोर्नु परेको छ ।

    बाढीले बागलुङ नगरपालिका–३ हनुमानमौवा नजिकै मुख्य खानेपानीको पाइपमा गम्भीर क्षति पुर्‍याएको छ । कैलामपोखरीमा रहेको लिफ्टमार्फत सुल्डाँडा र मुश्यास्वाराको ट्याङ्कीतर्फ लगिएको पाइपमा क्षति पुगेको छ ।

    यस्तै, तित्याङ र भकुण्डेको सीमाबाट आउने रिठेखोलाको मुहानबाट बजारमा ल्याइएको पाइप तथा काठेखोला गाउँपालिकास्थित भुँदीखोलाको मुहानबाट ल्याइएको पाइपमा बाढीले क्षति पु¥याएको बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाले जनाएको छ । 

    संस्थाका सचिव जीवन आचार्यका अनुसार बागलुङ बजारमा पानी आपूर्ति हुने मुख्य चार वटा मुहानमा वर्षा र बाढीले ठूलो क्षति पु¥याएको छ । बाढीले ठाउँठाउँमा पाइप बगाउनुका साथै वितरण प्रणालीमा क्षति पु¥याएको उहाँले बताउनुभयो ।

    रिठेखोलामा जडान गरिएको करिब ८० मिटर पाइप बाढीले बगाएको छ । कतिपय स्थानमा पाइप बगाएको र कतिपय ठाउँमा मर्मत गर्नुपर्ने अवस्था रहेको आचार्यले जानकारी दिनुभयो ।

    बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाका कार्यवाहक अध्यक्ष हरिबहादुर जिसीका अनुसार रिठेखोलाबाट ल्याइएको पाइप मर्मत सम्पन्न भइसकेको छ । मुख्य मुहान र वितरण प्रणालीमा क्षति पुगेपछि ठूलो सङ्ख्यामा उपभोक्ता प्रभावित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan