Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कृषि तथा वन विज्ञान विश्वविद्यालय : अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १५ बिहीबार | (रासस)
newsabhiyan

चितवन, १५ असोजः कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका शिक्षक तथा कर्मचारीले लिएको अध्ययन बिदा दुरुपयोग भएको भन्ने गुनासो पछि छानबिन गर्न समिति गठन गरिएको छ । विश्वविद्यालयको वनविज्ञान सङ्कायका डीन डा गान्धिव काफ्लेको संयोजकत्वमा समिति गठन गरिएको हो ।

विश्वविद्यालयका रजिस्ट्रार प्रा डा सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त निर्देशन तथा विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयका आधारमा समिति गठन गरिएको उल्लेख छ । 

समितिमा कृषि सङ्कायका सहायक डीन (प्रशासन) डा कृष्णप्रसाद थापालिया, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्कायका सहायक डीन (प्रशासन) राजेन्द्र बस्याल र सहप्रशासक सहदेव चौधरी सदस्य रहनुभएको छ । कर्मचारी प्रशासन महाशाखाका कामु उपप्रशासक दिनेश अधिकारी सदस्य सचिव रहनुभएको छ ।

समितिले विश्वविद्यालय स्थापना भएदेखि वा अन्य विश्वविद्यालय तथा निकायबाट समायोजन भई विश्वविद्यालयको शिक्षक तथा कर्मचारी सेवामा रहेका र अध्ययन बिदा लिएका शिक्षक तथा कर्मचारीको बिदा स्वीकृति, अध्ययनको अवस्था, बिदाको प्रयोजन तथा बिदा अवधिमा भए÷गरेका गतिविधिबारे छानबिन गर्ने पत्रमा उल्लेख छ ।

त्यसैगरी, अध्ययन बिदाको स्वीकृति प्रक्रिया, अध्ययनको प्रगति तथा बिदाको अवधिमा सम्बन्धित शिक्षक तथा कर्मचारीले गरेका गतिविधिलाई छानबिनको आधार बनाइने विश्वविद्यालयले जनाएको छ । 

समितिले तोकिएको कार्यादेशअनुसार अध्ययन बिदा दुरुपयोगसम्बन्धी विषयमा छानबिन गरी तीन महिनाभित्र विश्वविद्यालयको रजिस्ट्रार कार्यालयमा विस्तृत प्रतिवेदन बुझाउनेछ ।

विसं २०६९ मा स्थापना भएको यस विश्वविद्यालयमा प्राध्यापक कर्मचारी गरी ७७१ जना छन् । जसमध्ये १७२ जना प्राध्यापन र ५९९ जना कर्मचारी रहेका छन् । तीमध्ये प्राध्यापनतर्फका ४० जना र कर्मचारी २५ जना बिदामा रहेको रजिष्ट्रार सिंहले जानकारी दिनुभयो ।

उहाँहरु र यसअघि बिदा लिएकाहरुले बिदाको सही उपयोग गरे÷नगरेकोसमेत अध्ययन गरी प्रतिवेदन तयारका लागि समिति बनाइएको उहाँले बताउनुभयो । यसअघि बिदामा गएर नआएका कोही भए त्यसकोसमेत समितिले खोजी गर्ने उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan