Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जनकपुरधामबाट भारतको देहरादूनसम्म अन्तरराष्ट्रिय साइकल यात्रा सुरु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १७ शनिबार |

जनकपुरधाम, १७ असोज : जनकपुरधामस्थित जानकी मन्दिरबाट भारतको देहरादूनसम्मको करिब तीन हजार किलोमिटर लामो अन्तरराष्ट्रिय साइकल यात्रा आजदेखि शुभारम्भ भएको छ । भारत सरकारका पद्मभूषण सम्मान प्राप्त डा अनिलप्रकाश जोशीको नेतृत्वमा भारतबाट आएको २० सदस्यीय टोलीले जानकी मन्दिरबाट साइकल यात्रा सुरु गरेको हो । 

कमला बचाउ अभियानको समन्वयमा सुरु भएको साइकल यात्राको आज मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शुभारम्भ गर्नुभयो । कार्यक्रममा खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री जवाहरलाल कुशवाहा र पर्यटनमन्त्री कनिष्क पटेलको समेत सहभागिता रहेको थियो ।

जलवायु परिवर्तन, ग्लोबल वार्मिङ तथा वातावरण प्रदूषण न्यूनीकरणसँगै जल संरक्षण, जल, जीवन र नदी संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले अन्तरराष्ट्रिय साइकल यात्रा आयोजना गरिएको कमला बचाउ अभियानका सचिव बिनोद महराले जानकारी दिनुभयो । नेपालबाट सुरु भएको यो अन्तरराष्ट्रिय साइकल यात्राले नेपाल भारतबीचको पर्यावरणीय, सांस्कृतिक तथा मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan