Monday 5th of October | २०८३ असोज १९ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दसैँअघि निकुञ्जमा जिप सफारी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १९ सोमबार |

चितवन, १९ असोजः चितवन राष्ट्रिय निकुञ्जमा दसैँअघि जिप सफारी सुरु हुँदैछ । सडकको अवस्था स्तरोन्नति गर्न भ्याइएमा यही शुक्रबारदेखि निकुञ्जमा जिप सफारी सञ्चालन गर्ने तयारी गरिएको हो ।

    वर्षा सुरु भएसँगै गत असार १७ गतेदेखि निकुञ्जले जिप सफारी बन्द गरेको थियो । वर्षाको समयमा आएको बाढीका कारण बिग्रिएका बाटो मर्मत गर्ने, ढलेका रुख पन्छाउने, झाडी फाँड्नेलगायत काम सकिएसँगै जिप सफारी सुरु गर्न लागिएको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिनुभयो । हरेक वर्ष वर्षाको समयमा निकुञ्जभित्रको जिप सफारी बन्द गरिन्छ । 

    सूचना अधिकारी थापामगरले असोजको दोस्रो साता आएको बाढीले जङ्गलभित्रका मार्ग भत्किएकाले सफारी खुला गर्न समय लागेको बताउनुभयो । बाढीका कारण रिउखोला गहिरो भएकाले ग्राभेलिङ गर्ने काम भइरहेको छ । रिउखोलामा आएको बाढीले निकुञ्जको टाइगरटप्स क्षेत्रमा जाने मार्गमा समस्या भएकाले स्तरोन्नति गर्न समय लागेको उहाँले जनाउँदै सो ठाँउमा ग्राभेल हालेर मार्ग तयार गर्ने काम भइरहेको बताउनुभयो ।

    निकुञ्जभित्र जिप सफारी बन्द भए पनि मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनहरूमा भने जिप तथा हात्ती सफारी सबै समयमा यथावत अवस्थामा हुने गर्दछ । निकुञ्जमा सौराहा क्षेत्रबाट ३२, कसराबाट २२, मेघौलीबाट ११, अमलटारीबाट आठ र माडीबाट एउटा जिपहरू निकुञ्जभित्र सञ्चालन हुन्छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan