Tuesday 6th of October | २०८३ असोज २० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मल्कवाङबाट गर्भवतीको हवाई उद्धार

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २० मंगलबार |

म्याग्दी, २० असोजः म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङबाट जटिल अवस्थामा एक गर्भवतीको हेलिकप्टरबाट  उद्धार गरिएको छ । 

    मल्कवाङ स्वास्थ्य चौकीबाट धवलागिरि गाउँपालिका–४ की २१ वर्षीया सम्झना लामगाडेको हेलिकप्टरबाट उद्धार गरिएको हो । उहाँलाई पोखराको गण्डकी अस्पताल लगिएको छ । गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र प्रदेश अस्पताल बेनीसँग समन्वय गरेर सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरेर पोखरा लगिएको धवलागिरि  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताउनुभयो । 

    भौगोलिक रुपमा विकट मल्कवाङ जोड्ने सडक मनसुनजन्य विपद्का कारण अवरुद्ध बनेकाले निःशुल्क हवाई उद्धार गरिएको हो । गण्डकी प्रदेश सरकारले जटिल अवस्थाका भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रका गर्भवति तथा सुत्केरीको निःशुल्क हवाई उद्धार गर्दै आएको छ । 

    यसअघि गत आइतबार धवलागिरि गाउँपालिका–४ की २३ वर्षीया झरना छन्त्याललाई पनि हेलिकप्टरबाट उद्धार गरेर गण्डकी अस्पताल पोखरामा लगेर प्रसूति गराइएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan