Thursday 8th of October | २०८३ असोज २२ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

माछापुच्छ्रे बैंक दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कारबाट पुरस्कृत

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २२ बिहीबार |
newsabhiyan

काठमाडौं, २२ असोज । ग्राहक सेवा, डिजिटल नवप्रवर्तन तथा जोखिम व्यवस्थापनमा उत्कृष्ट कार्यको आधारमा माछापुच्छ्रे बैंकले दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कार प्राप्त गरेको छ । 

बैंकले Infosys Finacle Innovation Awards 2026 अन्तर्गत 'Maximizing Customer Engagement’ विधामा Platinum Award प्राप्त गरेको छ ।

बैकले ग्राहकको खाता खोल्ने प्रकृया लगायत बैंकिङ सेवामा जोडिने प्रक्रियालाई अझ सरल, सहज र प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरेको 'Reinventing Customer Onboarding' मा गरेको पहलकदमीको लागि उक्त सम्मान प्राप्त गरेको हो ।

Infosys Finacle Innovation Awards, बैंक तथावित्तीय संस्थाले प्रविधि, नवप्रवर्तन र ग्राहक केन्द्रित सेवाका क्षेत्रमा गरेका उत्कृष्ट कार्यहरुलाई सम्मान गर्दै आएको छ । सन् २०२६ को संस्करणमा विश्वभरबाट ९ विधामा ५०० भन्दा बढी आवेदनहरु मध्येबाट पुरस्कारहरु छनौट गरिएका हुन् ।

उक्त सम्मानले बैंकले डिजिटल रूपान्तरण र ग्राहक सम्बन्ध सुधारलाई प्राथमिकता क्रममा राखेका प्रतिबिम्बित भएको छ । बैंकले ग्राहकलाई सरल, सहज, छिटो र सुरक्षित बैंकिङ सेवाउपलब्ध गराउने उद्देश्यले डिजिटल प्रविधिको प्रयोगलाई निरन्तर विस्तार गर्दै आएको छ ।

यसैगरी, बैंकले अन्तर्राष्ट्रिय सम्मान स्वरूप 'Best Performance on Risk Management' नाममा अर्को पुरस्कार प्राप्त गरेको छ । Indian Chamber of Commerce द्वारा नयाँ दिल्लीमा आयोजित Fourth Emerging Asia Banking Conclave and Awards 2026 मा बैंकलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

यो पुरस्कार बैंकले कर्जा जोखिम, सञ्चालन जोखिम, बजार जोखिम तथा तरलता जोखिम व्यवस्थापनका क्षेत्रमा गरेको प्रयासको सम्मान स्वरूप प्रदान गरिएको हो । यस सम्मानबाट बैंकले सुरक्षित, जिम्मेवार र सावधानीपूर्ण बैंकिङ अभ्यासलाई प्राथमिकता दिएको देखाएको छ । 

यी दुई अन्तर्राष्ट्रिय सम्मानसँगै बैंकले पछिल्ला वर्षहरूमा विभिन्न प्रतिष्ठित पुरस्कार प्राप्तगर्दै आएको छ । बैंकले Visa Leadership Conclave Award 2023 र 2024, Infosys Finacle Innovation Award 2023 र 2025, तथा Rising Star in Asset Quality Award 2025 लगायत विगतवर्षहरुमा विभिन्न सम्मान तथा पुरस्कार प्राप्त गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan