२० जना प्रहरी कर्मचारीहरूलाई श्रव्यदृश्य आधारभूत तालिम प्रदान
काठमाडौं,२२ असोज : नेपाल प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखाले २० जना प्रहरी कर्मचारीहरूलाई श्रव्यदृश्य आधारभूत तालिम प्रदान गरेको छ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही शाखामा संचालित आठौं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।
उक्त तालिम समापनका अवसरमा बिहीबार आयोजित कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले तालिम समापन गर्दै प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र तथा प्रशिक्षकहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।
सो अवसरमा प्रहरी नायव महानिरीक्षक काफ्लेलेतालिम सफलतापूर्वक सम्पन्न गर्न सफल हुनुभएकोमा सम्पूर्ण प्रशिक्षार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । विभागीय गतिविधिका साथै अन्य सूचनाहरू सम्प्रेषण गर्न सञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै प्रशिक्षणका दौरानमाप्राप्त ज्ञान रसीपबाट श्रव्यदृश्य सामग्री निर्माणमा थप व्यावसायिक भई कार्य गर्न सम्पूर्ण प्रशिक्षार्थीहरूलाई उहाँले निर्देशन दिनुभयो ।
कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक रन्जु केसीले तालिमसम्बन्धीप्रतिवेदनप्रस्तुतगर्दै कुल३०कार्यदिनअवधिरहेकोउक्ततालिममा प्रहरी वरिष्ठ नायव निरीक्षक १ जना,प्रहरीसहायकनिरीक्षक३जना, प्रहरीवरिष्ठहवल्दार२जना, प्रहरीहवल्दार२जना, प्रहरीसहायकहवल्दार४जनारप्रहरीजवान८जनागरीजम्मा२०जनाप्रशिक्षार्थीहरूकोसहभागितारहेकोजानकारी दिनुभयो ।
प्रशिक्षक पुरुषोत्तम घिमिरे र प्रशिक्षार्थी प्रहरी वरिष्ठ नायव निरीक्षक मन कुमारी तामाङले आ-आफ्नो अनुभव सहितको मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा श्रव्यदृश्य आधारभूत आठौं समूहद्वारा तयार पारिएको जनचेतनामूलक श्रव्यदृश्य सामग्री समेत प्रस्तुत गरिएको थियो ।
