Wednesday 14th of October | २०८३ असोज २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘हवाई फायर’ गरी हेरोइनसहित एक जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २८ बुधबार |

काठमाडौँ, २७ असोजः प्रहरीले ‘हवाई फायर’ गरी खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ ।

    लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले वीरगञ्ज महानगरपालिका–३१ बेगनाका ४१ वर्षीय बासुदिन मियाँलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

    ब्यूरोका सहप्रवक्ता जीवन निरौलाका अनुसार मियाँ रक्सौल नाका हुँदै काठमाडौँ उपत्यकामा लागूऔषध आपूर्ति गर्ने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनलाई काठमाडौँको तारकेश्वर नगरपालिका–४ बाट पक्राउ गरिएको हो ।

    तारकेश्वर नगरपालिका–४ मा शङ्कास्पद अवस्थामा भेटिएका मियाँलाई नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीमाथि आक्रमण गरी भाग्न खोजेका थिए । त्यस क्रममा प्रहरीले दुई राउन्ड हवाई फायर गरी उनलाई नियन्त्रणमा लिएको सहप्रवक्ता निरौलाले बताउनुभयो ।

    प्रहरीले मियाँका साथबाट ३०० ग्राम खैरो हेरोइन र एक थान मोबाइल फोन बरामद गरेको छ । प्रारम्भिक अनुसन्धानअनुसार उनले विगत तीन महिनादेखि प्रतिपटक २०० ग्रामका दरले पाँच पटकसम्म काठमाडौँ उपत्यकामा खैरो हेरोइन आपूर्ति गरेका थिए । मियाँमाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार कारबाही हुने प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan