Thursday 15th of October | २०८३ असोज २९ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानले गरे शिष्टाचार भेटवार्ता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २९ बिहीबार |
newsabhiyan

काठमाडौं, २९ असोज । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

परराष्ट्र मन्त्रालयमा भएकाे भेटवार्तामा परराष्ट्रमन्त्री खनालले राजदूत खानलाई नियुक्तिका लागि बधाई दिँदै उहाँको सफल र उपलब्धिमूलक कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।

सो अवसरमा दुवै पक्षले नेपाल-पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहयोगका क्षेत्रहरू विस्तार गर्ने विषयमा छलफल गर्नुभयो।

नेपाल र पाकिस्तानबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउँदै पारस्परिक हितका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने विषयमा पनि उहाँहरूबीच छलफल भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan