Thursday 15th of October | २०८३ असोज २९ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

न्यू लार्के र वल्र्ड लार्केको माइक्रोवेभ रेडियो लिङ्कको थप स्तरोन्नति

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २९ बिहीबार | (रासस)

मुस्ताङ, २९ असोजः न्यू लार्के र वल्र्ड लार्केको माइक्रोवेभ रेडियो लिङ्कको थप स्तरोन्नति गरिएको छ । 

नेपाल दूरसञ्चार प्राधिकरणअन्तर्गत नेपाल टेलिकम जोमसोमले मुस्ताङको थासाङ गाउँपालिका–५ मा रहेको रेडियो लिङ्कको थप स्तरोन्नति गरिएको हो ।  

असोज ११ गतेको भारी वर्षाका कारण अवरुद्ध बनेको मुस्ताङको सञ्चार पहुँचलाई थप प्रभावकारी बनाउने उद्देश्यले त्यहाँ रहेका दुई वटा रेडियो लिङ्क उपकरणलाई पूर्ण क्षमतामा रुपान्तरण गरिएको हो ।

     यसअघि म्याग्दीको घोरेपानी र मुस्ताङको न्यू लार्के र वल्र्ड लार्केमा व्यवस्था गरिएको माईक्रोवेभ रेडियो लिङ्क उपकरणमा प्राविधिक समस्या आउँदा मुस्ताङमा पूर्ण रुपमा सञ्चार सम्पर्क अवरुद्ध हुन पुगेको थियो । 

भारी वर्षाका कारण अवरुद्ध रहेको मुस्ताङको सञ्चारको पहुँचलाई दिगो, भरपर्दो र प्रभावकारी बनाउन नेपाल टेलिकम जोमसोम शाखाले जनशक्ति, उपकरण तथा स्रोतसाधन परिचालन गरी अन्य रेडियो लिङ्कको सम्पर्क स्थापित गर्ने न्यू लार्के र वल्र्ड लार्के रेडियो लिङ्कको थप स्तरोन्नति गरिएको हो ।

     नेपाल टेलिकम जोमसोम शाखाका प्रमुख हुमबहादुर भुजेलले थासाङस्थित न्यू लार्के र वल्र्ड लार्के रिपिटर साइडमा पावर ब्याकअप व्यवस्थापन तथा रेडियो लिङ्क पूर्ण क्षमता सञ्चालन गरिएको बताउनुभयो । 

     जोमसोमस्थित टेलिकम कार्यालयमा रहेको सय एम्पियर क्षमताको दुई थान लिथियम–आयन ब्याट्री पूर्ण चार्ज गरी जडान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan