Friday 16th of October | २०८३ असोज ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बञ्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइट बन्द हुने बारे अत्यन्तै जरुरी सूचना 

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ३० शुक्रबार |

काठमाडौं । नेपालीहरूको महान चाडपर्व बडादशैं २०८३ को कारणले २०८३ साल कार्तिक १ गते, ३ गते र ४ गते बञ्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइट पूर्ण रूपमा बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ। 

उक्त मितिहरू बाहेक अन्य दिनहरूमा ल्यान्डफिल साइटमा फोहरमैला विसर्जन कार्य यथावत् रूपमा सञ्चालन हुने व्यहोरा समेत जानकारी गराइन्छ। ल्यान्डफिल साइट बन्द रहने अवधिमा फोहोरमैला व्यवस्थापनमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै काठमाडौँ महानगरपालिका सहित सम्पूर्ण उपत्यकावासीहरुमा आफ्नो घर, कार्यालय तथा व्यवसायबाट निष्कासन हुने फोहोरमैलालाई जथाभावी रूपमा सडक, चोक, सार्वजनिक स्थल, नदीकिनार तथा खुला स्थानमा नफाल्नुहुन हार्दिक अनुरोध छ ।

फोहरमैला व्यवस्थापनलाई सहज, व्यवस्थित तथा वातावरणमैत्री बनाउन कुहिने र नकुहिने फोहोरलाई घरमै छुट्टाछुट्टै वर्गीकरण गरी राख साथै चाडपर्वको समयमा आफ्नो घरआँगन, टोल तथा सार्वजनिक स्थान सफा र स्वच्छ राख, वातावरणीय स्वच्छता कायम गर्न तथा फोहोरमैला व्यवस्थापनमा महानगरपालिकालाई सहयोग पुऱ्याउनुहुन सम्पूर्ण उपत्यकावासीहरुमा हार्दिक अपिल गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan