Wednesday 28th of October | २०८३ कार्तिक १२ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेप्से परिसूचक ३३ दशमलव २९ अङ्कले बढ्यो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १२ बुधबार | (रासस)

काठमाडौँ, ११ कात्तिकः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । 

    नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक  ३३ दशमलव २९ अङ्कले बढेर दुई हजार ६६४ दशमलव ०६ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ३२ अङ्कले बढेर ४८१ दशमलव ७९ मा पुगेको छ । 

    त्यस्तै फ्लोट सूचक दुई दशमलव ६२ अङ्कले बढेर १८४ दशमलव ७३ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक दुई दशमलव ३९ अङ्कले बढेर १६३ दशमलव ०९ मा पुगेको छ । 

    विभिन्न कम्पनीका आज एक करोड ९३ लाख ९७ हजार ५४८ कित्ता शेयर रु सात अर्ब ४५ करोड ८६ लाख ७७ हजार ३६८ मूल्यमा खरिद बिक्री भएको छन् । तेह्र उपसमूहमध्ये १२ उपसमूह बढ्यो भने एक उपसमूह घटेको छ । आज २४१ कम्पनीको शेयर बढ्यो भने ३५ कम्पनीको शेयर घट्यो । त्यसैगरी तीन  कम्पनीको शेयर स्थिर रह्यो ।

    नेप्सेका अनुसार बेनी हाइड्रोपावर, बुटबल पावर कम्पनी, सुपर खुदी हाइड्रोपावरलगायतका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी  प्राइम डिबेञ्चर, गरिमा समृद्धि योजना, सिर्जनशील लघुवित्त वित्तीय संस्थालगायतका लगानीकर्ताले गुमाएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan