Thursday 29th of October | २०८३ कार्तिक १२ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अफगानिस्तानमा  १२७ जनाको मानव तस्करी हुनबाट उद्धार

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १२ बिहीबार | रासस/सिन्ह्वा

अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा प्रहरीले मानव तस्करीको प्रयासबाट १२७ जनाको उद्धार गरेको छ । प्रान्तीय प्रहरी प्रवक्ता मावलवी गुल मोहम्मद कुद्रतले बिहीबार दिनुभएको जानकारीअनुसार ती व्यक्तिलाई बुधबार उद्धार गरिएको हो ।

    संदिग्ध तस्करहरूले ती व्यक्तिलाई निमरोज हुँदै अवैध रूपमा अफगानिस्तानबाहिर लैजान खोजेको प्रहरीले जनाएको छ । उनीहरूलाई ओसारपसार गर्न प्रयोग गरिएका पाँचवटा सवारीसाधनसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रहरीले थप विवरण सार्वजनिक नगरे पनि कसैलाई अवैध रूपमा सीमा पार गर्न नदिने र मानव तस्करीमा संलग्न व्यक्तिविरुद्ध कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

    यसअघि गत साता पनि प्रहरीले निमरोज प्रान्तमा ८९ जनालाई अवैध रूपमा विदेश लैजाने प्रयास विफल पारेको थियो । उक्त घटनामा प्रहरीले मानव तस्करीमा संलग्न भएको आशङ्कामा तीन जनालाई पक्राउ गरेको थियो ।

    युद्धबाट प्रभावित अफगानिस्तानमा गरिबी र बेरोजगारी व्याप्त रहेकाले धेरै नागरिक रोजगारीको खोजीमा अवैध बाटोबाट विदेश जाने क्रम जारी छ । यही अवस्थाको फाइदा उठाउँदै मानव तस्करहरूले मानिसलाई गैरकानूनी रूपमा देशबाहिर लैजाने प्रयास गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan