Thursday 29th of October | २०८३ कार्तिक १२ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बाजुरामा इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १२ बिहीबार |

बाजुरा, १२ कात्तिकः बाजुरामा आज बिहानदेखि इन्टरनेट र टेलीफोन सेवा अवरुद्ध बनेको छ । 

    नेपाल दूरसञ्चार कार्यालय बाजुराका प्रमुख ईश्वर सिंहले साँफे-मार्तडी खण्डको नुनेपानीमा बिहीबार तार काटिएपछि सेवा अवरुद्ध भएको बताउनुभयो । उच्च गतिको फाइबर इन्टरनेटको तार काटेपछि जिल्लामा इन्टरनेट र टेलीफोन सेवा अवरुद्ध भएको उहाँले बताउनुभयो । अहिले मर्मतका लागि प्राविधिक टोली खटिएको छ । 

    यस्तै, अवरुद्ध लाइन मर्मतमा केही समय लाग्ने भएपछि सदरमुकाम मार्तडीमा खप्तड छेडेदहको आटिचौरबाट लाइन जडान गरेपछि आंशिक रुपमा सेवा सञ्चालन गरिएको कार्यालय प्रमुख सिंहले जानकारी दिनुभयो । दिनभर सेवा अवरुद्ध हुँदा जिल्लामा सञ्चार सेवासँगै विभिन्न कार्यालयका कामकाज, अनलाइन सेवा प्रवाह तथा सञ्चारसम्बन्धी गतिविधि प्रभावित भएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan