Friday 30th of October | २०८३ कार्तिक १३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘खाद्य स्वच्छता लोगो’ राखेर व्यवसाय सञ्चालन गर्न निर्देशन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १३ शुक्रबार |

कर्णाली, १३ कात्तिकः खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले ‘खाद्य स्वच्छता लोगो’ राखेर व्यवसाय सञ्चालन गर्न होटल तथा मिठाई व्यवसायीहरूलाई निर्देशन दिएको छ ।

कार्यालय प्रमुख श्रीराम न्यौपानेको नेतृत्वको अनुगमन टोलीले आज सुर्खेत वीरेन्द्रनगर बजारस्थित विभिन्न मिठाई पसलको निरीक्षणका क्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा मातहतका कार्यालयबाट आफ्नो व्यवसायको खाद्य स्वच्छताको आधारमा स्तरीकरण गराई ‘खाद्य स्वच्छता लोगो’ लिएरमात्र व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको हो ।

उहाँले भन्नुभयो, “अनुगमन तथा निरीक्षणका क्रममा हामीले सुर्खेतका होटल तथा मिठाई व्यवसायीहरूलाई यही कात्तिक ११ गतेदेखि होटल, मिठाई पसल, मिठाई भण्डारलगायत मिठाई व्यवसायीलाई मिठाइको नाम, उत्पादन मिति, मुख्य मिश्रण, तेल तथा घिउको प्रकार (नाम), उपभोग गरिसक्नुपर्ने मिति र प्रतिकिलो मूल्यको विवरण उल्लेख गरिएको सूची मिठाई बेच्ने सोकेस वा काउन्टरमा सबै ग्राहकहरूले देखिने गरी टाँस्न सुझाव दिएका छौँ ।”

कार्यालयको निर्देशनविपरीत व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरूलाई ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ बमोजिम कारबाही हुने व्यहोराबारे सचेत गराइएको कार्यालय प्रमुख न्यौपानेले बताउनुभयो । उहाँका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको २०८३ साल असोज ३० गतेको सूचना कार्यान्वयनको अवस्थाबारे बजार अनुगमन गर्दा अधिकांश मिठाई पसलेहरूले सूचनामा भनेबमोजिम विवरण राखेको र केही पसलहरू कार्यान्वयनका क्रममा रहेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan