Friday 30th of October | २०८३ कार्तिक १३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जापानको मुद्रास्फीति १३ वर्षपछि दुई प्रतिशतको लक्ष्यमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १३ शुक्रबार | टोकियो, १३ कात्तिक (रासस/एएफपी) :

जापानको मुद्रास्फीति १३ वर्षभन्दा बढी समयपछि केन्द्रीय बैंकले निर्धारण गरेको दुई प्रतिशतको लक्ष्यमा पुगेको बैंक अफ जापानले जनाएको छ । लामो समयदेखि अपस्फीति अर्थात् वस्तु तथा सेवाको मूल्य निरन्तर घट्ने अवस्थाबाट अर्थतन्त्रलाई बाहिर निकाल्ने प्रयासपछि मुद्रास्फीति लक्ष्यअनुरूप भएको बैंकले पुष्टि गरेको हो ।

    जापानले दशकौँदेखि मूल्यमा निरन्तर गिरावट र त्यसले आर्थिक वृद्धिमा पारेको नकारात्मक प्रभावसँग सङ्घर्ष गर्दै आएको थियो । यसलाई अन्त्य गर्ने उद्देश्यले बैंक अफ जापानले सन् २०१३ मा व्यापक मौद्रिक सहजता नीति अपनाउँदै दुई प्रतिशत मुद्रास्फीति लक्ष्य निर्धारण गरेको थियो ।

    सन् २०२० को दशकको सुरुदेखि मुख्य उपभोक्ता मुद्रास्फीति कहिलेकाहीँ लक्ष्यभन्दा माथि पुगे पनि दीर्घकालीन मूल्य प्रवृत्ति दुई प्रतिशतको लक्ष्यअनुरूप रहेको बैंकले पहिलोपटक पुष्टि गरेको हो । बैंकका अनुसार आधारभूत उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) मा आधारित मुद्रास्फीति सामान्यतः दुई प्रतिशतको मूल्य स्थिरता लक्ष्यसँग मेल खाने स्तरमा पुगेको छ र आगामी दिनमा पनि त्यसकै आसपास रहने अपेक्षा गरिएको छ ।

    यसैबीच, बैंकले आठ मतको पक्ष र एक मतको विपक्षमा प्रमुख ब्याजदर १.२५ प्रतिशतमा यथावत् राख्ने निर्णय गरेको छ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ र युरोपेली केन्द्रीय बैंकले पनि यसै साता ब्याजदर परिवर्तन नगर्ने निर्णय गरेका थिए ।

    जापानमा भने मुद्रास्फीतिको दबाब बढ्दै गएकाले अधिकारीहरूले आगामी डिसेम्बरमा ब्याजदर वृद्धि हुन सक्ने अपेक्षा गरेका छन् । गत साता सार्वजनिक सरकारी तथ्याङ्कअनुसार जापानको मुख्य मुद्रास्फीति सेप्टेम्बरमा २.१ प्रतिशत पुगेको छ, जुन अगस्टमा १.७ प्रतिशत थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan