Friday 30th of October | २०८३ कार्तिक १३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नावा खोलामा पानीको बहाव बढेपछि तमोर कोरिडोर अवरुद्ध

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १३ शुक्रबार |

पाँचथर, १३ कात्तिक: निरन्तरको वर्षापछि पाँचथरको नावा खोलामा पानीको बहाव बढेसँगै तमोर कोरिडोरअन्तर्गतको सडक अवरुद्ध भएको छ । सडकमाथि पुल निर्माण हुन बाँकी रहेकामा यसअघि खोलाबाट सवारीसाधन पार गरिन्थ्यो । निरन्तरको वर्षाका कारण खोलामा पानीको बहाव बढेपछि आज अपराह्नदेखि सडक अवरुद्ध भएको हो ।

    जिल्ला प्रहरी कार्यालय पाँचथरले वर्षाका कारण पानीको बहाव बढेपछि सडक अवरुद्ध भएको जनाएको छ । साथै पानीको बहाव घटनासाथ पूर्ववत् अवस्थामा सडक सञ्चालनमा आउने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    आज मात्रै ताप्लेजुङबाट काठमाडौँका लागि छुटेको एउटा बस खोलामा फसेको थियो । स्थानीयवासी रोशन कार्कीका अनुसार स्थानीयवासी र प्रहरीले यात्रुको उद्धार सकुशल गरेका थिए । अकस्मात सडक अवरुद्ध भएपछि यात्रुको विचल्ली भएको उहाँले बताउनुभयो । 

    तमोर कोरिडोरले द्रूतमार्गका रूपमा पूर्वी पहाडलाई तराईसँग जोडेको छ भने राजधानी काठमाडौँ जानसमेत सहज भएकाले यो सडकको प्रयोग बढिरहेको कार्कीले बताउनुभयो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan