Friday 30th of October | २०८३ कार्तिक १३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भक्तपुरमा रोटरी पुस्तक प्रदर्शनी जारी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १३ शुक्रबार | (रासस)

काठमाडौँ, १३ कात्तिक : पठन संस्कृतिको प्रवर्द्धन तथा विद्यार्थीमा अध्ययन गर्ने बानीको विकास गर्ने उद्देश्यले भक्तपुरमा बिहीबारदेखि ‘रोटरी पुस्तक प्रदर्शनी’ जारी छ ।

    रोटरी क्लब अफ भक्तपुरको आयोजनामा भक्तपुर दरबार स्क्वायरस्थित विद्यार्थी निकेतन माध्यमिक विद्यालयको प्राङ्गणमा सुरु प्रदर्शनी यही कात्तिक १४ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनी प्रत्येक दिन बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

    प्रदर्शनीमा विभिन्न विधा तथा भाषाका पुस्तकका स्टलहरू छन् । प्रदर्र्शनीमा पुस्तक विमोचन, साहित्य वाचन, लेखकसँग अन्तरक्रिया, चित्रकला प्रतियोगिता, प्यानल छलफललगायतका कार्यक्रम समेत रहेको छ । प्रदर्शनीमा परम्परागत नेवारी परिकारका स्टल समेत छन् ।

    रोटरी क्लब अफ भक्तपुरका अध्यक्ष दशरथ प्रजापतिले युवा पुस्तामा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो । “प्रविधिको बढ्दो प्रयोगसँगै नयाँ पुस्ताको पठन बानीमा परिवर्तन आइरहेको छ । यस्तो अवस्थामा विद्यार्थी तथा युवालाई पुस्तकसँग जोड्नु र नियमित अध्ययनप्रति आकर्षित गर्नु आवश्यक छ । यही उद्देश्यका साथ हामीले पुस्तक प्रदर्शनी आयोजना गरेका हौँ,” अध्यक्ष प्रजापतिले भन्नुभयो ।

    रोटरी इन्टरनेशनल डस्ट्रिक्ट ३२९२ का डस्ट्रिक्ट गभर्नर रोटरयिन विष्णुबहादुर कार्कीले पुस्तक प्रदर्शनीलाई लेखक, पाठक, विद्यार्थी तथा साहित्यप्रेमीबीच विचार आदानप्रदान गर्ने साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो । साथै, पुस्तक प्रदर्शनीले भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक पहिचानलाई साहित्यिक गतिविधिसँग जोड्नसमेत सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो ।

    रोटरी क्लब अफ भक्तपुरले विद्यार्थी, शिक्षक, अभिभावक, साहित्यप्रेमी तथा सर्वसाधारणलाई प्रदर्शनीमा सहभागी हुन आग्रह गरेको छ ।
---

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan