(कविता) म आफैसँग ठिक्क छु
-दिनेश घिमिरे
बिहान हाँवासग गुनगुनाँउछु
चराहरुसगै नाँच्छु,उफ्रन्छु
आफैलाई आफैसँग बनाँउछु
म आफैलाई आफै ठिक्क छु।।
दिनको उज्याँलोमा कल्पना बनाँउछु
आफ्नै कल्पनामा आफैलाई हिडाँउछु
कुदाँई रहन्छु आफैलाई क्यानभासमा
म आफैलाई आफ्ना कल्पनामा ठिक्क छु।।
साँझको सुस्केरीमा मिलन बनाँउछु
आफ्ना भावनालाई आफैमा मिलाँउछु
मिलाईरहन्छु आफैलाई सोचहरुमा
म आफैलाई आफ्ना बिचारमा ठिक्क छु।।
रातको मलिनतामा जीवन बनाँउछु
आफ्नै आँखाहरु आफैमा मिलाँउछु
उत्तर बनाँईरहन्छु आफ्ना प्रश्नहरुमा
म आफैलाई आफ्ना उत्तरमा ठिक्क छु।।
हरेक दिनहरु अनुभूतीहरु फेरिएर आउँछन
म आफ्नैलागी आफ्नो रंगहरु बनाँईरहन्छु
लतपत पोतिदिन्छु आफ्नै कथाहरुमा
म आफ्नै जीवनमा आफैसँग ठिक्क छु।।
