हिमालयन लाइफ इन्स्योरेन्सको कार्यवाहक सीईओको जिम्मेवारीमा कवि फुयाँल
काठमाडौं, २६ असोज । हिमालयन लाइफ इन्स्योरेन्सको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत ( कामु सीईओ) को जिम्मेवारी कवि फुयाँललाई दिइएको छ ।
कम्पनीको असोज १३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयबाट वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका फुयाँललाई कामु सीईओको जिम्मेवारी समेत दिएको हो ।
कम्पनीको सञ्चालक समितिको ७९ औँ बैठकले फुयाँललाई कार्यवाहक सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।
कम्पनीमा वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतका रूपमा नियुक्त भएका फुयाँललाई असोज २६ गते देखि लागू हुने गरी कार्यवाहक सीईओको जिम्मेवारी दिएको छ ।
फुयाँलले आजदेखि अर्को व्यवस्था नभएसम्म कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन्।
