(कविता) अर्दलीको हात
-प्रकाशचन्द्र खतिवडा
अक्सर मान्छे रुन्छ
जिजीविषा चुँडिए पछि
भूतकालिक घटना संझेर
तर्सन्छ मान्छे
वर्तमान संग जुझ्ननसकी
भौतारिन्छ मान्छे
भविष्यअन्यौल ग्रस्त छ
सपनाको विस्कुनपोखिए पछि ।
म आश्चर्यमा छु
आमाहरु लोरी गाउँदैनन
बाउको ढाड ऋणले थिचिएको छ
नानीहरु रोइ रहेछन
निन्द्राचोरिए पछि
सपनादेख्दैन मान्छे
विपनामै रुमाल्लिए पछि ।
म आजादीको नारा उचाल्छु
मलाई स्वाधिनताप्यारो लाग्छ
म तोड्ने छु असमानताको चक्रव्यूह
बसाल्ने छु समानताको बस्ती
मान्छेहरु निर्निमेष हेर्ने छन मलाई
मैले न्यायिक झण्डा उठाए पछि ।
अक्कलबहादुरहरु भ्रमपिएर बाँच्छन
उनीहरुलाई थाहाछैनवर्गीय मुक्ति
थाहाछैन सत्ता पलटको कथा
कर्मवादले भुटिएको छ दिमाग
पूर्व जन्मको दोषदेखाए पछि ।
पवीमायाहरु आक्रोशित छन
इज्जत लुट्नेहरु प्रति
हाँसो खोस्नेहरु प्रति
आरोपिहरु फरार बनाइन्छन
सत्ताको नियत ठिक नभए पछि ।
म कति पटक मँरु ?
ओ प्रिय मान्छे !
मलाई जिउँदै जलाइयोस बरु
म दावानलबनूँला
तिम्रो सत्ताजल्ने गरी
म निर्भयतापूर्वक भन्न सकूँ
तिम्राकालाकर्तुतहरु
तिम्रो अनुहार नै षडयन्त्रकारी छ
तिमीले मानवताको दुहाई दिएपनि ।
अक्सर मान्छेहरु जिजीविषाखोज्दै
घोषणा गर्ने छन आपतकालीन युद्ध
गर्ने छननाराबाजि
तिम्रो निरङकुशता विरुद्ध
तिमीले कठपुतली नचाउँदै
सुरक्षितभएको अनुभूति गरे पनि
तिम्रा कठपुतलीलाई
गराइनेछ आत्मसमर्पण
खोसिने छ हतियार
नङ्ग्याइनेछ तिमीलाई
अनिहनाइने छ कोर्रा
तिम्रै अर्दलीको हातबाट ।
