Saturday 31st of October | २०८३ कार्तिक १४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

निर्माणाधीन दमक–चिसापानी सडकको नयाँ ठेक्का स्वीकृत

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १४ शनिबार |

झापा, १३ कात्तिक : सरकारले निर्माणाधीन दमक–चिसापानी सडकको माङ्सेबुङ–लारुम्बा–चिसापानी खण्डको पुरानो ठेक्का अन्त्य गरेर  नयाँ ठेक्का स्वीकृत गरेको छ ।झापाको दमकदेखि इलामको माङ्सेबुङ हुँदै पाँचथरको रबिसम्म जोड्ने सडकको २५.५ किलोमिटर खण्डको निर्माण कार्यमा पुरानो निर्माण व्यवसायीले ढिलासुस्ती गरेपछि सरकारले ठेक्का अन्त्य गरेर नयाँ बोलपत्र आह्वान गरेको थियो ।

नयाँ ठेक्का स्वीकृत गर्ने आशयको सूचना गत बुधवार प्रकाशित गरिसकेको सडक डिभिजन कार्यालय दमकका प्रमुख ईन्जिनयर श्यामकुमार यादवले बताउनुभयो । निर्माण हुने सडकको खण्ड इलाम र पाँचथरमा पर्दछ ।

सडक डिभिजन कार्यालय दमकले एमएस महालक्ष्मी–जय धनञ्जय जेभी काठमाडौंबाट कबोल भएको रु. एक अर्ब २२ करोड ७९ लाख ४४ हजार ८७२ रकममा नयाँ ठेक्का स्वीकृत गरेको जनाएको छ ।
“नयाँ ठेक्का अन्तर्गत निर्माण व्यवसायीको छनौट भएको छ,” डिभिजन प्रमुख यादवले भन्नुभयो– “सात दिनको म्याद दिएर ठेक्का स्वीकृत गर्ने आशयको सूचना प्रकाशित गरेका छौं । जम्मा १९ वटा ठेक्का परेका थिए ।”

नयाँ प्रक्रिया अघि बढेपछि अब छिटै निर्माण व्यवसायीसँग ठेक्काको औपचारिक सम्झौता हुने र तीन वर्षभित्र सडकको कालोपत्रे कार्य सम्पन्न हुने गरी निर्माणलाई अघि बढाइने उहाँले बताउनुभयो ।
लामो समयदेखि अलपत्र सडकलाई कालोपत्रेमा स्तरोन्नति गर्ने प्रक्रिया अघि बढाउइने भएपछि झापा र इलामको पश्चिमी क्षेत्रका बासिन्दा लाभान्वित हुने भएका छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan