दशौँ राष्ट्रिय खेलकुदको तयारीबारे सुर्खेतमा मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्रीबीच छलफल
न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १५ आइतबार |
सुर्खेत । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई प्रभावकारी र व्यवस्थित बनाउने विषयमा सुर्खेतमा महत्त्वपूर्ण छलफल भएको छ।
छलफलमा माननीय शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही र सामाजिक विकासमन्त्री जीतबहादुर मल्ल सहभागी भएका थिए।
बैठकमा आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफलतापूर्वक आयोजना गर्न आवश्यक पूर्वतयारी, खेल पूर्वाधारको अवस्था तथा संघीय र प्रदेश सरकारबीचको समन्वयका विषयमा छलफल भएको जनाइएको छ।
राष्ट्रिय खेलकुद प्रतियोगितालाई व्यवस्थित, भव्य र सफल बनाउन आवश्यक तयारीलाई तीव्रता दिने विषयमा छलफल केन्द्रित रहेको थियो।

