अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
काठमाडौं : मोरङ, जहदा गाउँपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ग्राम ८ सय मिलिग्राम सहित सोही गाउँपालिका-२ बस्ने १९ वर्षीय प्रवेश कुमार राजवंशीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङ, सुन्दरहरैँचा नगरपालिका-१२ शुक्रबारेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय दिपक खवासलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कास्की, माछापुच्छ्रे गाउँपालिका-६ धिताल बस्ने २३ वर्षीय सुरेश नेपाली समेत २ जनालाई अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी धम्पुसबाट खटिएको प्रहरीले उनको घर तलासी उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
कपिलवस्तु, वाणगंगा नगरपालिका-३ राजापानी क्षेत्रबाट अवैध लागूऔषध खैरो हेरोइन २८ ग्राम ८ सय २० मिलिग्राम सहित २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-११ बस्ने ३४ वर्षीय सलाउदिन मुसलमान र सोही नगरपालिका-१२ बस्ने २८ वर्षीय उमेश थारू रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बाँके, कोहलपुर नगरपालिका-१५ चन्नहवा गाउँस्थित सुरज किराना पसलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३६ वर्षीय सुरज थारू समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
झापा, शिवसताक्षी नगरपालिका-९ यलम्बर चोक बस्ने ३१ वर्षीय बादल भन्ने हेन्जिङ जबेगूलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
दार्चुला, नौगाड गाउँपालिका-६ धुलिगडाबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १ सय ५५ ग्राम ६ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने ७० वर्षीय काशि धामीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट धुलिगडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
ललितपुर, महालक्ष्मी नगरपालिका-७ चाँगाथलीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १६ ट्याब्लेट सहित सोही नगरपालिका-९ लामाटार भुजुङ्गे बस्ने २९ वर्षीय कृष्ण श्रेष्ठलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-२ ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ६३ मिलिग्राम सहित सोही उपमहानगरपालिका-१८ फूलबारी बस्ने ३० वर्षीय बाली रावत समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.८५ प ८८०३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
यसैगरी कैलाली, जोशीपुर गाउँपालिका-४ हसनापुर बस्ने २८ वर्षीय बिशेश्वर प्रसाद चौधरी समेत ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जोशीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १७ ग्राम ३ सय ५० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर बेलका नगरपालिका-४ बस्ने ३२ वर्षीय नबिन राई र २९ वर्षीय सुनिल राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
रौतहट, कटहरिया नगरपालिका-५ कटहरिया बजार डेरा गरी बस्ने भारत बिहार सितामढी भलुआहा ग्राम बस्ने १९ वर्षीय शिवम महतोलाई नियन्त्रित लागूऔषध नाइट्राजेपाम २ सय २० ट्याब्लेट सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कटहरियाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

