सर्वोच्च अदालतको पूर्ण बैठकबाट पाँचबुँदे निर्णय सार्वजनिक- पत्र सहित
काठमाडौं । सर्वोच्च अदालतको सोमबार बसेको पूर्ण बैठकले विभिन्न पाँचबुँदे निर्णय सार्वजनिक गरेको छ।
प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरूको नाम जोडेर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित र प्रसारित समाचारप्रति ध्यानाकर्षण जनाउँदै सर्वोच्च अदालत प्रशासनले विज्ञप्तिमार्फत पाँचबुँदे निर्णय सार्वजनिक गरेको हो।
अदालतका प्रधानन्यायाधीश तथा न्यायाधीशहरूसँग सम्बन्धित विषयमा सार्वजनिक भइरहेका समाचार र सामग्रीबारे छलफल गर्दै पूर्ण बैठकले संस्थागत धारणा सार्वजनिक गरेको सर्वोच्च प्रशासनले जनाएको छ।
सोमबारको पूर्ण बैठकबाट भएका निर्णयहरू पाँच बुँदामा समेटिएका छन्। सर्वोच्च अदालत प्रशासनले विज्ञप्ति जारी गर्दै ती निर्णय सार्वजनिक गरेको हो।

