फेरिचेमा दुई हेलिकोप्टर आपसमा ठोक्किँदा एक विदेशीको मृत्यु
न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १७ मंगलबार |
काठमाडौं । सोलुखुम्बुको फेरिचेमा आज बिहान दुई हेलिकोप्टर आपसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ।
प्रमुख जिल्ला अधिकारी कमानसिं थापा मगरका अनुसार एयर डाइनेस्टी र फिस्टेल एयरका हेलिकोप्टर एकआपसमा ठोक्किँदा एक विदेशी नागरिकको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

